प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रिय अधिवेशन धनगढीमा हुने,लोगो र नारा सार्वजनिक
माघ २१, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रिय अधिवेशनको लोगो सार्वजनिक गरेको छ ।
सुदूरपश्चिमको धनगढीमा हुन गइरहेको विद्यार्थी परिषद्को ९ ओैँ राष्ट्रिय अधिवेशनको बारेमा जानकारी दिनका लागि शनिबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनबाट अधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको हो ।
परिषद्ले “आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि ९ ओैँ राष्ट्रिय अधिवेशन ” आउँदो चैत्र १८, १९ र २० गते १२ सय भन्दा बढी प्रतिनिधिहरूको उपस्थितिमा धनगढीमा आयोजना गर्न गइरहेको परिषद्का महासचिव छितराज न्यौपानेले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा महासचिव न्यौपानेले प्रेस नोट सार्वजनिक गर्दै अधिवेशन बारे जानकारी गराएका थिए ।
२१ माघ २०७९, शनिवार २३:४० बजे प्रकाशित































