punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना भाइरस: विश्वकै तेस्रो धेरै सङ्क्रमित भएको मुलुक बन्यो भारत

Chaupati
safha napa

काठमाडौं, असार २२ । तेज गतिमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब भारत विश्वकै तेस्रो धेरै सङ्क्रमित भएको मुलुक बनेको छ।

भारतमा गत तीन दिनमा कीर्तिमानस्तरमा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार बढेको थियो। हाल सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा र त्यसपछि ब्राजिलमा पाइएको छ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको आँकडा अनुसार त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या करिब ६ लाख ९० हजार पुगेको छ। आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ सङ्क्रमित थपिएका थिए। भारतभरिमा कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १९ हजार पुगेको छ।

विज्ञहरूले भारतमा सङ्क्रमणको यथार्थ चित्र अझै थाहा नभएको बताएका छन्। अधिकारीहरूले सङ्क्रमण रोक्न विभिन्न प्रयत्न गरिरहेका छन्। दिल्लीमा ठूलो भाइरस स्याहार केन्द्र खोलिएको छ।

देशभरिमा सबैभन्दा प्रभावित मध्येको दिल्लीमा १० हजार शैय्याको उक्त स्याहार केन्द्रमा सामान्य लक्षण देखिएका वा लक्षण नदेखिएका तर सङ्क्रमण पुष्टि भएकाहरूलाई उपचार गरिने छ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार झन्डै बीसवटा फुटबल मैदानजत्रो उक्त केन्द्र विश्वकै सबभन्दा ठूलो कोरोनाभाइरस केन्द्र हो।

भाइरस सङ्क्रमण फैलँदै गर्दा भारतको एक प्रमुख पर्यटन आकर्षण ताज महल आगन्तुकका निम्ति सोमबारदेखि खुला गर्ने योजना पनि अहिलेलाई स्थगित गरिएको छ।

कहाँ कति ?

भारतमा सबैभन्दा धेरै सङ्क्रमितहरूको सङ्ख्या पश्चिमी महाराष्ट्र राज्यमा पाइएको छ।

त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ। दक्षिणी तमिलनाडुमा तथा दिल्लीमा सङ्क्रमितको सङ्ख्या एक लाख हाराहारीमा छन्।

धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा २६ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाउँछ। बीबीसी


२२ असार २०७७, सोमवार ०१:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु