गजल
✍️ राम शर्मा
बरु धेरै नै कुरा सिकेको हुँ खुकुरीको धारबाट ।
तर तिमीप्रति अनभिज्ञ छु तिम्रो व्यवहारबाट।।
संघर्षमै बित्यो जीवन हात मुख जोर्ने जोहो गर्दै
आखिर भोको पेट अघाएन कसैको प्यारबाट।।
महलमा बस्नेहरु मात्रै मान्छेमा गनिदो रहेछ यहाँ
के गरि पार लाग्नु जिन्दगीलाई यस्तो जंघारबाट।।
जो ईमानदार बन्यो सत्यको त जित हुन्छ भनि
उसैले केही पनि पाउँदैन यो स्वार्थी संसार बाट।।
पाउनु केही भएन गुमाउनु मात्रै अत्याधिक भयो
आजकल यस्तै कुरा सुन्छु धेरै साहित्यकारबाट।।
गजलकार पर्वत स्थायी घर भएका हाल वैदेशिक रोजगारीका शिलसिलामा भारतमा बस्छ्न । उनी साहित्यका विभिन्न बिधामा शशक्त कलम चलाउछ्न ।
२२ असार २०७७, सोमवार ००:३७ बजे प्रकाशित































