punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा आफ्नै भाइ लगायतका साथीहरू मिलेर कैलालीका एक युवाको हत्या

Chaupati
safha napa

कैलालीका एक युवकको भारतमा हत्या गरिएको छ । आफ्नै भाइ लगायत अन्य केही साथीहरूले कैलाली लम्की चुहा नगरपालिका ६ बावनपुर स्थायी घर भएका १८ वर्षीय कमलबहादुर बिकको हत्या गरेको जनाइएको छ ।
भारतको महाराष्ट्र राज्यस्थित आलिबागमा उनको हत्या भएको हो ।

पुस २६ गते कमलको बीभत्स हत्या गरिएको उनका आफन्तले जानकारी दिएका छन्।छोराको हत्या भएको भन्दै मृतककी आमा पार्वतीले आलिबागमा बस्ने सागर बिक, टोपु बिक, मनोज बिक र सन्तोष बादीको नाममा किटानी जाहेरीसमेत दिएकी छन्।

उनले माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग थाना प्रहरीमा उजुरी दिएकी हुन्। हत्याको आरोप लागेका टोपु बिक र मनोज बिक मृतकका भाइ समेत हुन्। उनीहरु त्यहाँ एउटै होटेलमा काम गर्थे।

छोराको हत्या भएको खबर सुनेपछि पुस २७ गते नेपालबाट आफू भारत गएर किटानी जाहेरी दिएको मृतककी आमाले बताईन्। त्यहाँको प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनको भनाई छ।


२ माघ २०७९, सोमवार २१:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु