जहाज दुर्घटनाका मृतकको सम्झनामा सुखडमा अनेरास्ववियुद्धारा श्रद्धाञ्जली सभा र दीप प्रज्वलन
कैलाली । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले कैलालीको सुखडमा श्रद्धाञ्जली सभा र दीप प्रज्वलन गरेको छ । माघ १ गते पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा र दीप प्रज्वलन गरिएको हो । श्रद्धाञ्जली सभाका उनीहरुको सम्झना गरिएको थियो ।
हिजो ६८ जना यात्रु र ४ जना चालक दल सहित काठमाडौंबाट पोखराका लागी उडेको यति एयरलाइन्सको विमान कास्की जिल्लाको पोखरा महानगरपालिका ९ १५ नयाँ गाउँ स्थित सेती नदी खोँचमा भएको दुर्घटनामा सबैको ज्यान गएको थियो ।
उनीहरुको सम्झनामा श्रद्धाञ्जली सभा र दीप प्रज्वलन गरिएको अनेरास्ववियु कैलाली सहसचिव कपिल सापकोटाले जानकारी दिए । उनले यस्ता घटना पुन हुन नदिन सरकार गम्भीर हुनु पर्ने समेत बताए ।
उक्त कार्यक्रममा घोडाघोडी नगरका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझा पनि सहभागी थिए । उनले सरकार हवाई यात्रा सुरक्षित बनाउन तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।
२ माघ २०७९, सोमवार २१:३१ बजे प्रकाशित





























