punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आज तेस्रो पटक सभामुखका लागि मतदान,कसले मार्लान् बाजी ?

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख पदको लागि निर्वाचन हुने भएको छ ।

माओवादीका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल सभामुखको लागि उम्मेदवार छन् । यस अघि दुई पटक सम्म भएको निर्वाचनमा कसैले पनि बहुमत पुराउन नसकेपछि आज तेस्रो पटक उनीहरु बिच सभामुखको लागि मतदान हुँदै छ । आज बिहान १० बजे बोलाइएको प्रदेश सभा बैठकले सभामुखको निर्वाचन गर्ने छ ।

२८ गते सत्ता गठबन्धनकै एक सांसदको मत बदर हुँदा माओवादीका भण्डारी सभामुख हुनबाट रोकिएका थिए भने ३० गते नागरिक उन्मुक्तिका ७ सांसदले कतै मत नदिएपछि दोस्रो पटक भण्डारी र रावल दुवैले बहुमत पाउन सकेनन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख बन्न २७ मत आवश्यक पर्छ । यहाँ सत्ता गठबन्धनमा रहेको माओवादी, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपा मिल्दा २९ मत हुन्छ । अघिल्लो पटक तटस्थ बसेको नागरिक उन्मुक्ति पार्टी आज भने खुल्ने जनाइएको छ।

उनीहरुले कसलाई मत दिने भन्ने बारे निर्णय नगरेको बताए पनि हिजो केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले सत्ता गठबन्धनकै उम्मेदवारलाई मत दिन निर्देशन दिएकी थिइन् । उनको निर्देशन अनुसार सत्ता माओवादीका भण्डारीले मत पाए उनी आज निर्वाचित हुने छन् ।


३ माघ २०७९, मंगलवार ०६:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु