punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश सभाको आजको बैठक स्थगित, सभामुखको निर्वाचन भोली सारियो

Chaupati
safha napa

कैलाली । सभामुखको निर्वाचनका लागि बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोक बिदा दिएको हुँदा प्रदेश सभा बैठक स्थगित गरिएको हो ।
आज बस्ने भनिएको प्रदेश सभा बैठक भोली बिहान १० बजे सम्मको लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । भोली १० बजे बस्ने प्रदेश सभा बैठकले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने छ ।
यहाँ कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् ।
यस अघि दुई पटक सम्म भएको निर्वाचनमा सकैले पनि बहुमत ल्याउन नसकेपछि आजका लागि बैठक तोकिएको थियो ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।


२ माघ २०७९, सोमवार १०:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु