punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चिनियाँ राजदूत भेटे लगत्तै प्रचण्ड बालकोटमा

Chaupati
safha napa

चिनियाँ राजदूतलाई बालुवाटारमा भेटे लगत्तै प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन्। दुई नेता बीच अहिले छलफल जारी रहेको बताइएको छ।

पछिल्लो समय मन्त्रीमण्डल विस्तारका बारेमा छलफल भइरहे पनि कुनै निर्क्योल निस्किन सकेको छैन। सभामुख र राष्ट्रपतिका बारेमा नेपाली कांग्रेससँग पनि छलफल गरिने प्रचण्डले बताएपछि गठबन्धनमा केही शङ्काहरू उत्पन्न हुन थालेको बताइएको छ।

मन्त्रीमण्डल विस्तारका बारेमा सामाजिक सञ्जाल र सञ्चार माध्यमहरू मार्फत विभिन्न टीकाटिप्पणी सुरु भएको छ। गठबन्धनमा रहेका पार्टीहरूलाई प्रश्न तेर्सिएको छ मन्त्रीमण्डल विस्तारका बारेमा भने कांग्रेसले किन विश्वासको मत दियो भनेर र कारण खोज्न विश्लेषकहरू व्यस्त रहेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई ज्ञापन गरेका थिए  ।


२ माघ २०७९, सोमवार ११:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु