पत्रकार साउँदमाथि हातपात
धनगढी, असार २१ । धनगढीस्थित दिनेश खबर तथा दिनेश एफएमका पत्रकार कमल साउँदमाथि हातपात भएको छ । समाचार संकलन क्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय परिसरमा उनीमाथि हातपात भएको हो ।
समाचार लेखेकै कारण आफूमाथि हातपात भएको उनले बताएका छन् । उनकाअनुसार पशुपंक्षी विकास महाशाखामा धनगढी उप–महानगरपालिका वडा नम्बर ५ हसनपुरका हर्कबहादुर देउवा र उनका छोरा ठक्कर देउवाले हातपात गरेका हुन् ।
२१ असार २०७७, आइतवार १०:४१ बजे प्रकाशित































