punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थपिए ४५ जना कोरोना संक्रमित

Chaupati
safha napa

असार २१, धनगढी । आज सुदूरपश्चिममा ४५ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालले पछिल्लो चौबीस घण्टामा १२ महिला र ३३ पुरुष गरी ४५जना संक्रमित थपिएको बताएको छ ।

अस्पतालका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाका २८, कैलालीको गोदावरी नगरपालिकाका ९, टीकापुर नगरपालिकाका १, धनगढी उपमहानगरपालिका ८ का २ र डडेल्धुराको परशुराम नगरपालिकाका ५,जनामा कोरोना संक्रमण देखिएको हो ।

चौबीस घण्टामा परिक्षण गरिएका १ सय ३७ जना मध्ये ४५ जनामा कोरोना संक्रमण देखिएको अस्पताल जनाएको । सुदूरपश्चिममा हालसम्म १० हजार नौ सय ५२ जनाको धनगढीस्थित प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण भइसकेको छ ।


२१ असार २०७७, आइतवार ०९:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु