लखनउ बस दुर्घटना : कैलाली र कञ्चनपुरका गरि मृतकको संख्या पाँच पुग्यो
कैलाली ।भारतको लखनउमा भएको बस दुर्घटनामा मृतक नेपालीको संख्या पाँच पुगेको छ।
दुर्घटनामा घाइते भएका कञ्चनपुर कृष्णपुरका अन्दाजी ३५ वर्षीय दीपक सुनार र टीकापुरका अन्दाजी ३५ वर्षीय हरि साउदको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।
सोमबार टीकापुर नगरपालिका–१ का ५५ वर्षका चन्द्र साउँद, सोही ठाउँका ४५ वर्षका ललित साउँद र सोही ठाउँकै २० वर्षकी निर्मला बोहराको दुर्घटनामा ज्यान गएको थियो ।
भारतको गुजरातबाट आइतबार नेपालको टीकापुरतर्फ आइरहेको आरजे २७ पिए ५७०३ नम्बरको बस लखनउ नजिकै राति दुर्घटना भएको थियो। सो बससँग मिनी ट्रक ठोक्किएको थियो ।
बसमा ६६ जना यात्रु सवार थिए।
२६ पुस २०७९, मंगलवार १३:१९ बजे प्रकाशित































