punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस निर्णय,दुई महामन्त्रीसहित ४ नेताको फरक मत

Chaupati
safha napa

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ।

मंगलबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए।

‘केपी ओलीले सोमबार संसदमा दिएको अभिव्यक्तिलाई काउन्टर एट्याक गर्दै प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय भएको छ,’ ती नेताले भने।

विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने उनले बताए।

फरक मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णयमा महामन्त्रीद्वसहित केही नेताहरूले फरक मत राखेका छन्।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुनसिंह केसी र बलबहादुर केसीले फरक मत राखेका हुन्।

कांग्रेस कार्य सम्पादनको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो। संसदीय दलको बैठकमा सभापति तथा दलका नेता देउवालेसरकारलाई विश्वासको मत दिन पार्टीमा ह्यीप जारी गर्ने तयारी गरेका छन्।


२६ पुस २०७९, मंगलवार १३:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु