प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै बागमतीले नयाँ मुख्यमन्त्री पाउने
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीका लागि बहुमतसहितको दाबी पेस गर्न आह्वान गरेका छन् । उनले पाँच दिनको समय दिएर मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार शर्माले २५ पुस अपराह्न ४ बजेभित्रै दाबी पेस गर्न समय दिएका छन् । बागमतीको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनमा सहमति जुटेको छैन । केन्द्रमा हुने सहमति अनुसार नै मुख्यमन्त्री कुन दलले पाउने टुंगो लाग्ने नेताहरूले बताउँदै आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले २६ पुसमा विश्वासको मत लिँदैछ।
1672897735.jpg)
२१ पुस २०७९, बिहीवार १२:०१ बजे प्रकाशित































