punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम सरकारमा एमाले र माओवादीको रस्साकस्सी : माओवादी नेताले प्रचण्ड भेटे, ओली भेट्न एमाले नेता पुग्दै

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको लागि एमाले र माओवादी केन्द्रले लबिङ सुरु गरिरहेका छन् । आज माओवादी केन्द्रका नेताहरूले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सत्ता गठबन्धनको बैठकमा सुदूरपश्चिम माओवादीले पाउने गरि अडान लिन आग्रह गरे ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका माओवादी प्रदेश संसदीय दलका नेता खगराज भट्ट सहितका नेताहरूले प्रचण्डलाई सरकारको नेतृत्व लिने गरि सत्ता गठबन्धनमा कुरा गर्न आग्रह गरेका थिए ।

प्रचण्डलाई भेट्न भट्ट सहित प्रदेश सभा सदस्य सरल भाट र प्रदेश अध्यक्ष हरि चौधरी उत्सव बालुवाटार पुगेका थिए । उनीहरुले सत्ता गठबन्धनमा सबै भन्दा ठुलो दल माओवादी रहेको भन्दै माओवादीले नेतृत्व पाउनु पर्ने जनाएका थिए ।

माओवादी नेताहरूको कुरा सुनिसकेपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले अहिले नै कसको भागमा पर्ने भन्ने बारे बताउन नसकिने जनाएका थिए ।

‘दलहरू बिच प्याकेजमा सहमति हुँदा सुदूरपश्चिममा जोड दिन सकिन्छ तर, हाम्रै भागमा पर्छ भन्ने कुरा हुँदैन’ प्रचण्डले भने ‘हाम्रो भागमा पार्न म जोड बल गर्छु ।’ कर्णाली प्रदेश एमालेका भागमा पर्ने अवस्थामा सुदूरपश्चिम प्रदेश माओवादीको भागमा पर्न सक्ने माओवादी नेताहरूको बुझाइ छ ।

एमालेको पनि जोड
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा एमालेले पनि सशक्त रुपमा दाबी गरिरहेको छ । अघिल्लो पटक एमालेको समर्थनमा माओवादीले पाँच वर्ष सरकार चलाएको भन्दै अहिले माओवादीको समर्थनमा एमालेले सरकारको नेतृत्व पाउनु पर्ने एमाले नेताहरूको दाबी छ।

आज बिहान माओवादी नेताहरूले सरकारको नेतृत्व गर्न पार्टी अध्यक्ष सम्म पुगेजस्तै एमाले नेताहरू पनि आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सरकारको नेतृत्वकारे छलफल गर्न बालकोट पुदैछन् ।

एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र एमाले संसदीय दलका नेता राजेन्द्र रावल प्रदेश सरकारका बिषयमा छलफल गर्न बालकोट जान लागेका हुन् ।

उनीहरुले अघिल्लो पटक सुदूरपश्चिममा माओवादीले नेतृत्व लिएको र अब एमालेले पाउनु पर्ने विषयमा पार्टी अध्यक्ष ओलीलाई जानकारी गराउने छन् ।

नागरिक उन्मुक्ति निर्णायक
माओवादीका खगराज भट्ट र एमालेका राजेन्द्र रावल मात्रै होइन नागरिक उन्मुक्तिमा रामेश्वर चौधरी पनि मुख्यमन्त्रीको लबिङमा छन् । नागरिक उन्मुक्ति पार्टीले अहिले सम्म औपचारिक रुपले मुख्यमन्त्रीको दाबी गरेको छैन तर, केही नेताहरू मुख्यमन्त्री पाउने अवस्थामा सरकारमा जान सकिने बताउँदै आइरहेका छन् ।

नागरिक उन्मुक्तिका ७ सांसद सुदूरपश्चिममा निर्णायक छन् । यहाँ सत्ता गठबन्धनमा माओवादी ११, एमाले १० र राप्रपा १ सांसद छन् । यो गठबन्धनमा नागरिक उन्मुक्ति समावेश हुँदा २९ पुग्छ नहुँदा २२ मात्रै हुन्छ । यहाँ सरकार बनाउन २७ सांसद आवश्यक पर्छ ।

सत्ता गठबन्धन भन्दा बाहिर रहेको कांग्रेसमा १९ नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद छन्। कांग्रेस, नेकपा एस र स्वतन्त्र मिलाउँदा पनि २४ मात्रै हुन्छ । नागरिक उन्मुक्ति जुन गठबन्धनमा मिल्ने अवस्था आउँछ त्यहि गठबन्धनको सरकार बन्ने अवस्था छ ।

अहिले नेताहरू आफ्नो नेतृत्वसँग आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने कुरासँगै नागरिक उन्मुक्तिलाई मनाउने कुरामा पनि जोड दिन आग्रह गरिहरेका छन् ।


२१ पुस २०७९, बिहीवार १२:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु