punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता चयनको लागि आज मनोनयन, सहमति नभए आजै मतदान

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता छनोटका लागि निर्वाचन कार्य तालिका सार्वजनिक भएको छ ।

सुदूरपश्चिम प्रदेश संसदीय दल नेताको नेता छनोट गर्न बनाइएको समितिले निर्वाचन कार्य तालिका सार्वजनिक गरेको हो । उक्त कार्य तालिका अनुसार आजै मनोनयन दर्ता गर्ने र सहमति नभए अझै निर्वाचन मार्फत दलको नेता छनोट गर्ने तयारी गरेको छ ।

कार्य तालिका अनुसार दिउसो १२ बजे सम्म मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।१२ः३० सम्म दाबी विरोध,१ बजे अन्तिम नामावली तयार गर्ने र २ः३० सम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

३ः३० सम्म उम्मेदवारी फिर्ता र अन्तिम नामावली ३ ः४५ मा गर्ने जनाइएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ता शुल्क २५ हजार निर्धारण गरेको छ । निर्वाचन तालिका अनुसार ४ बजे देखी ५ बजे सम्म मतदान र आजै परिणाम सार्वजनिक हुने छ ।

अहिले सम्म बैतडीबाट निर्वाचित शिवराज भट्ट, कञ्चनपुरबाट निर्वाचित बहादुर सिंह थापा र दिवान सिंह विष्ट अछामबाट निर्वाचित मेघराज खड्का र मानबहादुर रावल, कैलालीबाट निर्वाचित प्रकाश बहादुर देउवा र कमल बहादुर शाहले संसदीय दलको नेतामा दाबी गरेका छन् ।


२० पुस २०७९, बुधवार १२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु