punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता छनोट गर्न निर्वाचन समिति गठन

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दल छनोट प्रक्रिया सुरु भएको छ । प्रदेश समितिले संसदीय दलको नेता छनोट गर्न आज पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा तयार गरिएको निर्वाचन समितिमा अर्का उपसभापति जनक राज चौधरी सदस्य रहेका छन् । त्यस्तै समितिमा महामन्त्री नरनारायण शाह मनु, प्रदेश सदस्य सुरत रावत र रामबहादुर देउवा सदस्य छन् ।

No description available.

प्रदेश सभापति वीर बहादुर बलायरले एक विज्ञप्ति जारी गरि संसदीय दलको नेता एवम् संसदीय दल कार्य समितिको निर्वाचन सम्पन्न गर्न समिति गठन गरिएको जानकारी दिएका छन्।
सुदूरपश्चिम प्रदेशमा अहिले सम्म पनि कांग्रेस संसदीय दलको नेतामा सहमति जुट्न सकेको छैन ।

अहिले सम्म बैतडीबाट निर्वाचित शिवराज भट्ट, कञ्चनपुरबाट निर्वाचित बहादुर सिंह थापा र दिवान सिंह विष्ट अछामबाट निर्वाचित मेघराज खड्का र मानबहादुर रावल, कैलालीबाट निर्वाचित प्रकाश बहादुर देउवा र कमल बहादुर शाहले संसदीय दलको नेतामा दाबी गरेका छन् ।

अझै पनि सर्वसम्मतको प्रयास गर्न सर्वसम्मत हन नसके निर्वाचन मार्फत भएपनि दलको नेता छनोट गर्ने तयारीमा कांग्रेस जुटेको छ ।


२० पुस २०७९, बुधवार ११:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु