punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माघ सम्म रेशम रिहा नगए प्रदेश सभा अवरुद्ध गर्ने नागरिक उन्मुक्तिको चेतावनी

Chaupati
safha napa

नागरिक उन्मुक्ति पार्टीले रेशमलाल चौधरीको रिहाइ नभएमा प्रदेश संसदमा अवरोध गर्ने जनाएको छ।

आज  शुरु भएको सुदूरपश्चिम प्रदेशसभाको अधिवेशनको पहिलो बैठकमै नागरिक उन्मुक्तिले यस्तो चेतावनी दिएको हो। प्रदेशसभाको पहिलो बैठकमै सो पार्टी आक्रामक तवरमा प्रस्तुत भएको छ।

बैठकमा नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले टीकापुर घटनाको दोषी करार भएर काठमाडौंको डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाल चौधरीलगायत कैदीबन्दी रिहाइको माग गरेका छन्।

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा सांसद चौधरीले टीकापुर घटनालाई आपराधिक रुपमा नभएर राजनीतिक रुपले निराकरण गर्नुपर्ने बताए।

यतिमात्र होइन, माघी पर्वसम्म रेशमसहितका बन्दीहरू नछुटे आगामी बैठक चल्न नदिनेसमेत उनले बताए। २०७२ सालमा भएको टीकापुर घटनाको ७ वर्ष भइसक्दा पनि सरकारले निकास दिन नसकेको उनको दाबी छ।

‘म थारु समुदायबाट प्रतिनिधित्व गर्ने हुनाले हाम्रो निधारमा पनि अहिले कलंकको टीका लागेको छ, यो कदापि सह्य हुन सक्दैन,’ उनले भने, ‘नेपालको चौथो ठूलो जनसंख्या भएको समुदायलाई विभेद गरिएको छ, राज्यको कुनै पनि अंगमा समतामूलक समानुपातिक प्रतिनिधित्व गराइएको छैन।’

उनले टीकापुर घटनाका कैदीबन्दीलाई माघसम्म रिहा गर्न अल्टिमेटम नै दिए। ‘माघमा थारुहरूको महान पर्व भएकाले यो चाडपर्वसम्म टीकापुर घटनाका राजबन्दीहरूलाई निकास दिइएन भने आउँदा अधिवेशन, सदनलाई अवरुद्ध गर्नेछौं,’ उनले भने।


१८ पुस २०७९, सोमवार १७:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु