punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आफ्नै नियमावलीको नियम ‘९’ बारे अनविज्ञ हुँदा एकै दिनमा फेरियो सुदूरपश्चिममा सभामुख निर्वाचनको कार्य तालिका

Chaupati
safha napa

आइतबार प्रदेश सभामा सर्वदलीय बैठक आह्वान गरिएको थियो । सोमबार दोस्रो कार्यकालको पहिलो बैठक सुरु हुनु भन्दा अघिल्लो दिन ज्येष्ठ सदस्य मानबहादुर रावलले सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा सभा व्यवस्थित बनाउने र सभामुखको निर्वाचनको मिति तय गर्ने भन्ने बिषयमा छलफल भयो । करिब २ घण्टा चलेको बैठकले सुदूरपश्चिममा माघ २ गते सभामुखको निर्वाचन गर्ने निर्णय ग¥यो ।

सर्वदलीय बैठक सम्पन्न भए लगत्तै सञ्चारकर्मीहरूलाई प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले माघ २ गते सभामुखको निर्वाचन गर्नेबारे दलहरू सहमत भएको जानकारी दिए । प्रदेश सभा सचिवालयका सचिव बोगटीको उक्त जानकारीको आधारमा सुदूरपश्चिम प्रदेशमा माघ २ गते सभामुख चयन हुने भन्दै समाचारहरू प्रकाशन र प्रसारण भए ।

अघिल्लो दिन माघ २ गते सभामुखको निर्वाचन गर्ने सहमति भएपनि अर्काे दिन पहिलो प्रदेश सभामा ज्येष्ठ सदस्य मानबहादुर रावलले यहि पुस२८ गते सभामुखको निर्वाचनको तयारी गर्न निर्देशन दिए । सर्वदलीय बैठक पनि ज्येष्ठ सदस्य रावलको अध्यक्षतामा बसेको थियो । उनी पनि माघ २ गते सभामुखको निर्वाचन गराउने विषयमा सहमत थिए । त्यसको अर्काे दिन किन सभामुख निर्वाचनको समय तालिका फेरियो त ?

नियमावलीबारे अनविज्ञता 

संविधानको धारा १८२ मा प्रदेश सभाको सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था छ । उपधारमा १ मा  भनिएको छ , ‘प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभाका सदस्यहरूले आफू मध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने छन् ।’

संविधानको यहि दफा टेकेर माघ २ गते सभामुखको निर्वाचन गर्ने निर्णय सर्वदलीय बैठकले आइतबार गरेको थियो । १८ गते पहिलो बैठक बस्दै गरेको सुदूरपश्चिममा २ गते १५ दिन पुरा हुन्छ । संविधानले तोकेको अन्तिम दिन सभामुख चयन गर्ने भन्दै सर्वदलीय बैठकले निर्णय गर्दा उपसभामुखबारे भने निर्णय भएन । यो भन्दा पनि महत्त्वपूर्ण कुरा त आइतबारको सर्वदलीय बैठकमा संविधानको धारा १८२ अनुसार सभामुखको निर्वाचन गर्न मिति तोकिदा प्रदेश सभा नियमावली ७ र ९ बारे जानकारी नै भएन ।

प्रदेश सभा नियमावली ७ मा सभामुखको निर्वाचन र ९ मा उपसभामुखको निर्वाचनबारे व्यवस्था छ । ७ मा सभामुखबारे आइतबारको सर्वदलीय बैठकको निर्णयले कुनै असर नपरे पनि ९ को उपसभामुखको निर्वाचनबारे आइतबारको सर्वदलीय बैठकले आफ्नै नियमावली कुल्चिने अवस्था सृजना हुँदा एकै दिनमा सभामुखको निर्वाचन मिति माघ २ गतेबाट पुस २८ गतेमा ल्याइएको हो । २८ गतेमा ल्याइएको हो ।

नियमावलीको धारा ९ को उपधारमा १ मा ‘उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने छ’ भन्ने उल्लेख छ । १५ दिन भित्र सभामुख चयन गरिसक्नु पर्ने र १५ दिन भित्रै सभामुखले उपसभामुखको लागि पनि निर्वाचन मिति र समय तोक्नु पर्ने हुँदा माघ २ गतेको ठाउँमा सुदूरपश्चिममा पुस २८ गते सभामुखको निर्वाचन हुन लागेको हो ।

प्रदेश सभा सचिवालयका सचिव पनि सभामुखको निर्वाचन कार्यपालिका अन्तिम अवस्थामा मात्रै हेरफेर गरिएको बताउँछन् ।  उनी भन्छन्, ‘हिजो माघ २ गते गर्ने कुरा भएको थियो तर,नियमावलीमा सभामुखको निर्वाचन पछि माघ २ भित्रै उपसभामुखको निर्वाचन पनि गरिसक्नु पर्ने व्यवस्था भएको हुँदा सभामुखको निर्वाचन पुस २८ गते तोकिएको छ ।’

अहिले सुदूरपश्चिममा पुस २८ गते सभामुखको निर्वाचन गरेर माघ २ गते उपसभामुखको निर्वाचन गर्ने तयारी भइरहेको छ ।

१८ पुस २०७९, सोमवार २१:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु