punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा सभामुखको निर्वाचन पुस २८ गते

Chaupati
safha napa

सुदूरपश्मिम प्रदेशसभामा सभामुख चयनका लागि पुस २८ गते निर्वाचन हुने भएको छ ।

सोमबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका ज्येष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् ।

उनले त्यसका लागि आवश्यक तयारी गर्न प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई निर्देशनसमेत दिए ।

नेपालको संविधान १८१ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियमित ७ बमोजिम समामुखको निर्वाचनका लागि पुष २८ गते दिउँसो १ बजेका लागि समय निर्धारण गरिएको हो ।

प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा सञ्चालन गर्न निर्माण गरेको प्रदेशसभा नियमावली २०७४ र पहिलो संशोधन २०७६ लाई सर्वसम्मतले स्वीकृत गरेको छ ।
पहिलो वैठकमा प्रदेश सभा सदस्यले शुभकामना आदान(प्रदान गरेका छन् ।

सभाको विशेष समयमा बोल्दै शुभकामना आदानप्रदान गर्ने प्रदेशसभा सदस्यले प्रदेशको विकासका लागि सामूहिक एकता हुनुपर्ने, बेरोजगारी समस्या समाधानका लागि ठोस नीति निर्माण गरिनुपर्ने, प्रदेशप्रति जनताको भरोसा दिलाउने काम गरिनुपर्ने, सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप रोक्न ठोस सुरक्षा योजना तय गरिनुपर्ने धारणा राखेका छन् ।

विशेष समयमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य शिवराज भट्ट, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरी, नेकपा एस संसदीय दलका नेता दीर्घबहादुर सोडारी, राप्रपाकी प्रदेशसभा सदस्य खेमादेवी विष्ट र स्वतन्त्र सदस्य ताराप्रसाद जोशीले शुभकामनासहित आफ्ना धारणा राखेका थिए ।

प्रदेशसभाको अर्को बैठक पुस २८ गते दिउँसो १ बजे बस्नेछ ।


१८ पुस २०७९, सोमवार १६:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु