punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न डीआईजीपी दुर्गा सिंहको नेतृत्वमा छानबिन समिति गठन

Chaupati
safha napa

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक डीआईजीपी दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । घटनाको अनुसन्धानका लागि डीआईजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी मा कार्यरत डीआईजीपी सिंहको नेतृत्वमा छानबिन समिति गठन भएको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक ९डीआईजीपी० टेकप्रसाद राईले नेपाल प्रेसलाई जानकारी दिए । डीआईजीपी सिंह यसअघि प्रहरी उपरीक्षक ९एसपी० हुँदा उक्त घटनाको अनुसन्धानमा खटिएकी थिइन् ।

प्रवक्ता राईका अनुसार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम गठित समितिमा सीआईबीकै प्रहरी उपरीक्षक ९एसपी० कमल थापा, प्रहरी निरीक्षक इन्सपेक्टर धीरेन्द्र रोकायासहित चिकित्सक पनि रहेका छन् । उनीहरूलाई उक्त घटनाको अनुसन्धानका लागि नयाँ प्रक्रियाबाट काम गर्न कार्यादेश दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा सीआईबी नै खटिएकाले पनि सीआईबीमै कार्यरत सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता राईले बताए । गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहलाई घटनाको विषयमा अपडेट गराउन निर्देशन दिएका थिए ।

सोही आधारमा आज प्रहरी प्रधान कार्यालयमा भएको निरीक्षण भ्रमणका क्रममा प्रहरीले गृहमन्त्री लामिछानेसमक्ष घटनामा हालसम्म प्रहरीले गरेको अनुसन्धान कार्यबारे ब्रिफिङ गरेको थियो । हालसम्म प्रहरीले गरेका प्रयासबारेमा गृहमन्त्रीलाई अपडेट गराइएको प्रवक्ता राईले जानकारी दिए ।

सोहि क्रममा गृहमन्त्री लामिछानेले तथ्यका आधारमा अनुसन्धान अघि बढाई निष्कर्षमा पु¥याउन प्रहरीलाई निर्देशन दिएका थिए । विसं २०७५ साल साउनमा पन्तको बलात्कारपछि हत्या भएको थियो । अहिलेसम्म उक्त घटनामा संलग्न व्यक्ति पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक सयभन्दा बढीको डिएनए परीक्षणसमेत गरिसकेको छ ।

 


१६ पुस २०७९, शनिवार ०६:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु