सुदूरपश्चिममा एमाले दलको नेता छनोट आज, रावलको सम्भावना बढी कि पाठकको ?
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले आज संसदीय दलको नेता छनोट गर्ने भएको छ । नेता छनोटको लागि एमालेले आज बिहान संसदीय दलको बैठक समेत आह्वान गरेको छ ।
बिहान ८ बजे बस्ने बैठकले सर्वसम्मत दलको नेता छनोट गर्ने एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए । नेकपा एमालेमा अहिले सम्म खुलेर दलको नेता दाबी गर्नेहरु देखिएका छैनन् । तर, राजेन्द्र रावल र धर्मराज पाठकलाई सम्भावित दलको नेताको रुपमा हेरिएको छ ।
रावल पोलिट व्युरो सदस्य हुन् भने पाठक प्रदेश सचिव हुन् । उनीहरु दुबै जना समानुपातिक प्रणाली मार्फत सांसद भएका हुन् । रावल कञ्चनपुरमा तथा पाठक कैलालीका हुन् ।
पार्टीमा पाठक भन्दा रावल सिनियर भएका कारण संसदीय दलको नेतामा रावल चयन हुन सक्ने एमाले उच्च स्रोतले जनाएको छ ।
१६ पुस २०७९, शनिवार ०६:१२ बजे प्रकाशित































