punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन दिन सम्म शिक्षकको शव आफन्तले बुझेनन्, घटनाको छानबिन गर्न प्रहरीसँग माग

Chaupati
safha napa
कैलाली ।
शनिबार दिउँसो मृत अवस्थामा बैतडीमा फेला परेका शिक्षक धनबहादुर बिस्टको शव आफन्तले अझैबुझ्न मानेका छैनन् । उनको हत्या भएको भन्दै दोषीलाई कारबाही नहुँदा सम्म शव नबुझ्ने आफन्तहरूले अडान लिएका छन् ।
बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण मावि पाटनमा कार्यरत शिक्षक विष्ट शव कृष्ण माविकै छात्रावास भवन पछाडि भिरालो ठाउँमा फेला परेको थियो ।
 शिक्षक बिस्टको शङ्कास्पद मृत्यु भएको भन्दै आफन्तहरूले घटनाको सत्य तथ्य छानबिन गर्न माग गरेका छन् । शिक्षक बिस्टको मृत्यु नभई हत्या भएको परिवारजनले आशङ्का छ  । मृतक बिस्टको शरीर भरी नीलडाम भएकाले उनको हत्या भएको मृतकका आफन्त लीला बिष्टले बताइन् ।
आज बिद्यार्थिहरुले घटनाको सत्य तथ्यको माग गर्दै प्रदर्शन समेत गरेका थिए । घटनाका बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

४ पुस २०७९, सोमवार १४:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु