punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बारामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Chaupati
safha napa

बारामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। निजगढ नगरपालिका-१ स्थित सडकमा प्र.२-०३-००९ प ३९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आइतबार साँझ उक्त मोटरसाइकल प्र.२-०३-००१ ख ४२२९ ट्रकमा ठोक्किएको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका-३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय रिटबहादुर राईको मृत्यु भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।यस्तै, सोही ठाउँका सुशिल माझी घाइते छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैया हुँदै थप उपचारका लागि एलएस न्यूरो अस्पताल वीरगंज पठाइएको छ।

त्यसैगरी निजगढ-१ कै धनुषा पुलनजिकै सोमबार दिउँसो साढे १ बजेतिर अर्को दुर्घटना भएको छ। रोकिराखेको ट्रकमा ठोक्किएर अर्का एक जना मोटरसाइकल चालकको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

ना ६ ख २२६१ नम्बरको ट्रकमा ना ३४ प ८३३१ नम्बरको बाइक ठोक्किन पुगेको हो। दुर्घटनामा ज्यान गुमाउने मृतकको पहिचान भइसकेको छैन। उनको शव पोष्टमर्टमको लागि कलैया लग्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।


४ पुस २०७९, सोमवार १६:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु