punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली गोली काण्ड : सिसी क्यामेरामा के देखियो ?

Chaupati
safha napa
कैलाली । कैलालीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
हिजो गोदावरी नगरपालिका १ पूर्व–पश्चिम राजमार्गमा पसल बन्द गरेर घरतर्फ जाँदै गरेका न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतममाथि मोटरसाइकलमा आएकाले गोली प्रहार गरेको थियो ।
गोली लागि घाइते भएका गौतमको उपचार भइरहेको छ । गौतम माथि दुई गोली प्रहार गरे पनि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । किन र कसले गोली हान्यो भन्ने विषयमा प्रहरीले अहिले पनि अनुसन्धान गरिरहेको जनाएको छ ।
‘हामीले घाइतेलाई सोधपुछ गरिरहेका छौ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने‘ अहिले सम्म त्यस्तो केही तथ्य बाहिर आएको छैन । ’
प्रहरीले अहिले सिसी क्यामेराको फुटेज पनि हेरिरहेको छ । त्यसमा एक व्यक्तिले गौतमलाई मोटरसाइकलमा पिछा गरेको देखिन्छ । सिसी क्यामेरामा देखिएको मोटरसाइकल र गोली प्रहार हुँदा प्रयोग भएको मोटरसाइकल उस्तै उस्तै देखिएको प्रहरी स्रोतको दाबी छ । यसले अनुसन्धानमा केही सहज हुने अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरू बताउँछन् ।
‘सेतो पल्सरले पिछा गरेर गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट  देखिएको छ’ एक प्रहरी अधिकारीले भने, ‘मोटरसाइकल नम्बर भने अझै यकिन हुन सकेको छैन ।’ प्रहरीले अहिले सिसी क्यामेरामा देखिएको मोटरसाइकलको खोजि गरिरहेको छ ।

४ पुस २०७९, सोमवार ०८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु