किसानको धान खरिद नगरेको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुदूरपश्चिम कार्यालयमा तालाबन्दी
कैलाली ।धानको मूल्य निर्धारण गरेर पनि धान खरिद नरेको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुदूरपश्चिमको प्रदेश कार्यालयमा तालाबन्दी गरिएको छ ।
नेकपा एमालेको अखिल नेपाल किसान महासंघ र नेपाली कांग्रेसको नेपाल किसान महासङ्घले संयुक्त रूपमा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
सरकारले कार्तिक १६ गते मोटो र मसिनो धानको मूल्य निर्धारण गरेको थियो । तर त्यो मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसँग किसानसँग धान खरिद नगर्दा किसानले सस्तोमा धान बेच्न बाध्य भइरहेका छन् । सरकारले तोकेकै मूल्यमा तत्काल किसानको धान खरिद गर्न दबाब दिन कार्यालयका तालाबन्दी गरिएको अखिल नेपाल किसान महासंघ स्थायी कमिटी सदस्य डेजी पाण्डेले जानकारी दिए ।

सरकारले मोटो धानको मूल्य प्रति क्युन्टल २ हजार ९७६ र मसिनो धानको मूल्य क्युन्टल ३ हजार १२८ निर्धारण गरेको थियो । तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको किसानको धान खरिद नगर्दा किसानले २ हजार ४ सयमा बेच्न बाध्य भएका छन् । केही दिन अघि सम्म यो मूल्य पनि पाएका थिएनन् ।
‘किसानको धान खरिद गर्ने भन्दै स्थापना गरिएको कार्यालयले समयमा धान खरिद नगर्दा किसान घाटा खाएर बेच्न बाध्य छन् तत्काल अब खरिद गर्नु पर्छ भनेर तालाबन्दी गरेका हौँ’ अखिल नेपाल किसान महासंघ स्थायी किमिटि सदस्य पाण्डेले भने, ‘सरकारले अझै किसानको धान खरिद नगरे थप सशक्त आन्दोलन गर्न बाध्य हुने छौँ ।’
२५ मंसिर २०७९, आइतवार १४:५५ बजे प्रकाशित































