कैलालीमा लागुऔषधसहित दुई भारतीय पक्राउ
धनगढी । कैलालीमा प्रहरीले लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार दिउँसो इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले कैलारी गाउँपालिका ५ बैजपुरबाट लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेकाे हाे ।
३४ ग्राम ५१० मिलिग्राम लागुऔषधसहित लखिमपुर खिरी बेलापुर बस्ने ५० वर्षीय समिरासिंह र सोही ठाउँका ५३ वर्षीय शेरसिंह पक्राउ परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नाबय उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
प्रहरीले युपी ३१ बीएक्स ८०९१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
२५ मंसिर २०७९, आइतवार १५:०६ बजे प्रकाशित































