punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा एक युवती मृत फेला

Chaupati
safha napa

धनगढीमा एक युवती मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका-६ को जालीमा शुक्रबार बिहान २१ वर्षीया युवती मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत फेला पर्नेमा अस्मिता साउद रहेकी छन्। उनी यहाँ दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी थिइन्। कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका-६ घर भएर दिदीको घरमा बस्दै आएकी साउद मृत भेटिएको पुष्टि गरे।

उनकाअनुसार भान्छा कोठामा बिहान साढे ५ बजे उनी मृत भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी टोली घटनास्थल पुगेको छ भने घोडाघोडीबाट मृतकका आफन्तलाई बोलाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२३ मंसिर २०७९, शुक्रवार १०:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु