punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानन्यायाधीश चोलेन्द्र: जबराविरुद्धको फैसला आज हुँदै

Chaupati
safha napa

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्ने सङ्घीय संसद् सचिवालयको पत्र विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज सुनवाइ हुदैछ ।

रिटमा सुनुवाइ गर्न अदालतले संवैधानिक इजलास गठन गरेको छ । कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

बुधवार सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की, सदस्य विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले रिट दायर गरेका थिए ।

रिट निवेदनमा उनीहरूले निर्णय बदर गर्न माग गरेका छन् । संसद् सचिवालयका महासचिव भरतराज गौतमले बुधबार जबरालाई महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र थमाइदिएका थिए ।


२३ मंसिर २०७९, शुक्रवार ११:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु