टीकापुर महोत्सव माघ ४ देखी हुने
टीकापुर उद्योग वाणिज्य संघले यसवर्ष टीकापुर महोत्सव २०७९ को आयोजना गर्ने भएको छ । संघले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव माघ ४ गतेदेखी १५ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।
संघले महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरेको छ । संघका अध्यक्ष चक्रपाणी सापकोटाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिमा संघका पदाधिकारीहरु सदस्य रहेका छन । त्यस्तै निवर्तमान अध्यक्ष रामबहादुर भण्डारीलाई महोत्सव व्यवस्थापक चयन गरिएको छ ।
महोत्सव सम्पन्न विभिन्न १५ वटा उपसमिति समेत गठन गरिएको मूल समारोह समितिका संयोजक सापकोटाले जानकारी दिए ।
संघले महोत्सवमा करिव २५० स्टल रहने बताएको छ । ती स्टल बुकिङका लागि खुल्ला गरिएको समेत संघले जानकारी दिएको छ ।
१८ मंसिर २०७९, आइतवार १५:५७ बजे प्रकाशित































