अटो दुर्घटना हुँदा पाँच घाइते
रामेछापमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। आइतबार बिहान पौने १२ बजे खाँडादेवि गाउँपालिका-३ भीरपानी हुन्दुरखोलामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन्।
पगरवासबाट सिन्धुली जाँदै गरेको ज-१ ह ५०६९ नम्बरको अटो आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ६ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
दुर्घटनामा दुई जना गम्भीर घाइते र तीन जना सामान्य घाइते छन्। सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर-६ भोटेपानी बस्ने वर्ष ४३ को कुमार तामाङ र ७० वर्षीय पदमबहादुर तामाङ गम्भीर घाइते छन्।
१८ मंसिर २०७९, आइतवार १५:२४ बजे प्रकाशित































