अतिक्रमण गरी निर्माण गरिएका अत्तरियाका संरचनामा डोजर
कैलालीको गोदावरी नगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी बनाईएका संरचनाहरु भत्काउन सुरु गरेको छ । नगरपालिकाले आजदेखी अत्तरिया बजारक्षेत्रमा सडक क्षेत्र अतिक्रमण गरी बनाईएका संरचनाहरु भत्काउने काम सुरु गरेको हो । नगरप्रमुख विरेन्द्र भट्टले अत्तरिया बजारलाई सून्दर र व्यवस्थीत बनाउनका लागी अतिक्रमित संरचना हटाउने काम थालिएको बताए ।
‘बजारको व्यवस्थापनका लागी पहिला हामिले ठेलाछाप्राहरुको व्यवस्थापन गर्ने काममा ध्यान दिएका थियौ, उनिहरुलाई बसपार्कको खाली क्षेत्रमा राखेका पनि छौ’ उनले भने ‘अब बजारमा सडक क्षेत्र अतिक्रमण गरी बनाईएका पक्की र केही टिनका संरचनाहरु भत्काउने काम सुरु गरेका छौ, यसले बजार व्यवस्थीत गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।’
उनले अतिक्रमीत संरचना हटाउन ४ पटक सम्म सुचना जारी गरीसकेपनि अटेरी गर्दा अहिले डोजर लगाएर संरचना भत्काउन लागेको बताए ।
१८ मंसिर २०७९, आइतवार १६:०० बजे प्रकाशित































