फोहोर फ्याँके जसरी खाल्डोमा फालियो कोरोनाबाट मृत्यु भएकाको शव
एजेन्सी,भारतमा कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणबाट मृत्यु भएका मानिसको शवलाई लापारवाही तरिकाले खाल्डोमा फ्याँकिएको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना हुन थालेको छ।
उक्त भिडियोमा कर्नाटकमा कोरोना संक्रमणबाट मृत्यु भएका मानिसलाई फोहोर फ्याँकिएको जसरी खाल्डोमा फालेको देखिएको छ।
ज्कोरोनाबाट मृत्यु भएका मानिसहरुलाई फोहोर फ्याँके जसरी फ्याँकिएको भन्दै मानिसहरु अहिले कर्नाटक सरकारसँग रुष्ट बनेका छन्। भने स्थानीय प्रशासनले उक्त भिडियो सार्वजनिक भएपछि माफी मागेको छ
भिडियोमा देखिएअनुसार प्लास्टिकमा पोका पारिएका मानिसहरुलाई खाल्डोमा लापारवाही तवरले फ्याँकिएको छ।कोरोना प्रकोपपछि हाल विश्वभर संक्रमितको शवलाई सुरक्षित तवरबाट खाल्डोमा पुरिन्छ ।
१७ असार २०७७, बुधवार ०८:३९ बजे प्रकाशित































