punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको प्यानल विजयी

Chaupati
safha napa

कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका सबै उम्मेदवार विजयी भएका छन्। यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन्।

यस्तै प्रदेश सभाको दुई वटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्। प्रदेश सभातर्फको (१) मा घनश्याम चौधरी विजयी भएका छन्। उनी १३ हजार ९२३ मत ल्याइ विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डंगौरा थारु ११ हजार ५७२ मत ल्याएका थिए।

प्रदेश सभातर्फको (२) मा खुशीराम चौधरी ७ हजार ५३९ मतले विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउँदले ६ हजार ६१९ मत ल्याए।


७ मंसिर २०७९, बुधवार १२:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु