punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको १० प्रदेश सभा मध्ये ५ क्षेत्रमा नागरिक उन्मुक्तिको अग्रता, अरू क्षेत्रमा कसको अग्रता ?

Chaupati
safha napa
 कैलालीका प्रदेश सभाका १० वटा निर्वाचन क्षेत्र मध्ये ५ वटा निर्वाचन क्षेत्रमा अहिले सम्म रेसम चौधरीको पार्टी नागरिक उन्मुक्तिले अग्रता बनाइरहेको छ।
प्रतिनिधि सभा १ र ३ का दुवै प्रदेश सभामा नागरिक उन्मुक्तिको अग्रता रहेको छ भन कैलाली २ को (१)मा  नेपाली कांग्रेसको झिनो अग्रता रहेको छ ।
१३,५७३ मत गणना हुँदा सम्म नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीले ४२९० मत सहित अग्रता बनाइरहेका छन् । उनलाई सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डाक्टर रणबहादुर रावल ४०५६ सहित पच्छाइरहेका छन् । रावल अघिल्लो पटक सोही क्षेत्रबाट निर्वाचित भएर बहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । उनी कांग्रेस संसदीय दलका नेता तथा प्रदेश सरकारका प्रवक्ता पनि हुन् । यहाँ एमालेका द्वारिका प्रसाद न्यौपाने २७५५ तेस्रो स्थानमा छन् ।
त्यस्तै अर्को प्रदेश सभा क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले अग्रता बनाइरहेका छन् ।१३,४४४ मतगणना हुँदा सम्म चौधरीको ५५२९ मत रहेको छ भने उनलाई सत्ता गठबन्धनबाट उम्मेदवार बनेका  माओवादी केन्द्रका दिर्घराज विनाडी ३९०४ सहित पच्छाइरहेका छन् ।राप्रपाका भीम बहादुर बम १८३३ सहित तेस्रो स्थानमा छन् ।
२ को १ मा कांग्रेसका कमल शाहले अग्रता बनाइरहेका छन् । उहाँ नागरिक उन्मुक्ति पार्टी दोस्रोमा छ । कांग्रेसका शाहले ४२३२ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीका रतन थापाले ३९०८ मत सहित पच्छाइरेका छन् । यहाँ नेकपा एमालेकी कमला ओली २७९३ मत सहित तेस्रो स्थानमा छिन् ।
२को (२)मा पनि नागरिक उन्मुक्तिका रामेश्वर चौधरी ३४९४ सहित अग्रता बनाइरहेका छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका राजेन्द्र साउदले ३१४४ मत सहित पच्छाइरहेका छन् ।यहाँ एमालेका डेजी पाण्डे २७३१ मत सहित तेस्रो स्थानमा छन् ।
कैलाली ३(१)मा कांग्रेसका खेम चौधरीलाई पछि पार्दै नागरिक उन्मुक्तिका घनश्याम चौधरी अग्रपङ्क्तिमा छन् । नागरिक उन्मुक्ति पार्टीका चौधरीको ११८२३ मत हुँदा कांग्रेसका चौधरीको ९१५३ मत छ । एमालेका राज बुढा ३०२१ मत सहित तेस्रो स्थानमा छन् ।
३(२)मा पनि नागरिक उन्मुक्तिका खुसीराम चौधरी ६९०४ मत सहित अग्रता बनाइरहेका छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेकपा एसका अमर साउदले ६४६५ मत सहित पच्छाइरहेका छन्। यहाँ तेस्रोमा स्वतन्त्र उम्मेदवार लक्ष्मण शाही छन् भने एमालेका जयनारायण जोशी चौथो स्थानमा छन् ।
कैलालीका यी ५ क्षेत्रमा नागरिक उन्मुक्तिले अग्रता कायम गरे पनि अन्य ५ क्षेत्रमा भने अन्य दलले अग्रता बनाइरहेका छन् ।
४(१) को २४३२५ मत गणना हुँदा गठबन्धनका उम्मेदवार दीर्घ बहादुर सोडारी १०५०७ मत सहित अग्रतामा छन् । उनका प्रतिद्वन्द्वी एमालेका भीमबहादुर देउवाले ७६७७ मत ल्याएका छन्। नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राजेन्द्र देवकोटाले ३३४० मत सहित तेस्रो स्थानमा छन् ।
४(२) मा १७८३८ मत गणना हुँदा गठबन्धनका उम्मेदवार प्रकाश बमले ७०३० मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका हरिसिंह साउँदले ६७९२ मत ल्याएका छन्।
–५ प्रदेशसभा(१) मा एमालेका नेपालु चौधरी र (२) मा कांग्रेसका प्रकाश देउवाले अग्रता बनाइरहेका छन् । २ मा अघिल्लो पटक कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका थिए भने १ मा एमालेका नेपालु चौधरी नै निर्वाचित भएका थिए ।

७ मंसिर २०७९, बुधवार ११:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु