punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस महामन्त्री शर्माले गरे मतदान

Chaupati
safha napa

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाकाे मेचीनगरस्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले आफ्नो मतदाता नामावली रहेको झापा क्षेत्र नम्बर १ (२) स्थित मेचीनगर- ९ मा रहेकाे कविशिराेमणि माविमा मतदान गरेका हुन् । शर्माले बिहान ९ बजे मतदान गरेका थिए ।

मतदानपछि पत्रकारहरूसँग शर्माले गठबन्धनले देशभरि नै जित हासिल गर्ने कुरामा आफू ढुक्क रहेको बताए । उनले यो पटक मतदाताले आफूलाई माया गरेको र जित निश्चित रहेको दाबी गरे ।

‘७० को चुनाव परिचयको थियो‚ ७४ को अनुभवको,’ शर्माले थपे, ‘यो चुनाव परिणामको हो ।’


४ मंसिर २०७९, आइतवार ११:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु