punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अर्जुनले डेब्यु खेलमै अर्धशतक बनाए

Chaupati
safha napa

काठमाण्डाै – नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे डेब्यु खेलमै अर्धशतक बनाएका छन् ।

आज साेमवार यूएईसँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा अर्जुनले अर्धशतक बनाएका हुन् । उनले  ७० बलमा पाँच चाैका प्रहार गर्दै ५१ रन बनाएर आउट भए । अर्जुन राेहन मुस्तफाकाे बलमा बाेल्ड आउट भए । 

अर्जुन डेब्यु खेलमा अर्धशतक बनाउने तेस्राे खेलाडी बनेका छन् । यसअघि कुशल मल्ल र ज्ञानेन्द्र मल्लले डेब्युमा अर्धशतक बनाएका थिए ।

अहिले नेपालले यूएईले दिएकाे दुई सय ६४ रनकाे लक्ष्य पछ्याइरहेकाे छ । नेपाल र यूएईले तीन खेलकाे एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् ।


२८ कात्तिक २०७९, सोमवार १६:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु