punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विद्यालयमा चुनावी सभा गरेकोभन्दै मन्त्री बडूलाई आयोगले सोध्यो स्पष्टीकरण

Chaupati
safha napa

निर्वाचन आयोगले दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ९ स्थिति श्री गोकुलेश्वर उच्च माध्यामिक विद्यालय, गोकुलेश्वरमा चुनावी सभा गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) समेतको दलको आयोजनामा निर्वाचन प्रचारप्रसारको लागि चुनावी सभा आयोजना गरिएको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक जनञ्जय जोशी, त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेशसभाअन्तर्गत दार्चुला १ (१) मा नेपाली कांग्रेसका उम्मेदवार विक्रम सिंह धामी र प्रदेशसभा १ (२) मा माओवादी केन्द्रका उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीलाई स्पष्टीकरण सोधिएको आयोगले जानकारी दिएको छ ।

आयोगले दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्न निर्देशनसमेत दिएको जनाएको छ ।


२५ कात्तिक २०७९, शुक्रवार ०७:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु