देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा आज १६ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा १ हजार ८३७ जनामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै आज १३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ सय ६३ जना कोभिडका क्रमित रहेका छन्।
२४ कात्तिक २०७९, बिहीवार १७:३० बजे प्रकाशित































