punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Chaupati
safha napa

रुपन्देहीमा दुईवटा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको गैडहवा गाउँपालिका–२ मा गए राति भएको दुर्घटनामा परी गैडहवा गाउँपालिका-२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो ।

लु ५ प ९७३२ नम्बरको मोटरसाइकल र लु ७६ प ३३७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दुबै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी श्यामु अर्यालले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अर्यालले बताए ।


२२ कात्तिक २०७९, मंगलवार १२:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु