punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालेन साहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

Chaupati
safha napa

निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाई स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेजबाट मेयर बालेनको समर्थन रहेको भनी गरेको प्रचार प्रसारबारे स्पष्टीकरण सोधेको हो ।

आयोगले हाम्रो नेपाली पार्टीसँग कुनै आवद्धता नै भएको जस्तो गरी तस्वीर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा ध्यानाकर्षणसहित पत्र पठाएको हो ।

मेयर बालेनलाई पठाएको स्पष्टीकरण पत्रमा आयोगले भनेको छ, ‘हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानूनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन अनुरोध छ ।’

 


१९ कात्तिक २०७९, शनिवार १९:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु