punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री देउवाको ओलीलाई प्रश्न : दार्चुला जाँदैमा लिम्पियाधुरा फिर्ता आउँछ

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता आउँछ भनी प्रश्न गरेका छन् ।

शनिबार डडेल्धुरामा आयोजित कार्यक्रममा उनले प्रश्न गरे, ‘केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ रु, प्रधानमन्त्री देउवाले कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने र त्यसका लागि भारतसँग कुरा गर्ने बताए ।

शुक्रबार सुदूरपश्चिमको दार्चुलाबाट चुनावी अभियान सुरुवात गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले लिम्पियाधुरासहितको नेपालको नक्सा वारी गरेको बताउँदै भूमि फिर्ता पनि आफूहरुले मात्र गराउन सक्ने जिकिर गरेका थिए ।

प्रधानमन्त्री देउवाले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने पनि बताए । निर्वाचनपछि पनि अहिलेको सत्तारुढ गठबन्धनकै सरकार बनाउने भन्दै उनले धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने धारणा राखे ।

देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापना र विमानस्थल बनाउने घोषणा गरेका छन् ।प्रधानमन्त्री देउवाले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे ।


१९ कात्तिक २०७९, शनिवार १९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु