punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सातामा प्रतितोला ९०० ले घट्यो सुनको मूल्य

Chaupati
safha napa

नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि कायम रहेको मूल्यको तुलनामा यो शुक्रबारसम्म तोलामा ९०० ले सुनको मूल्य घटेको जानकारी दिएको छ ।यो साता सुनको मूल्य प्रति तोला ९०० रूपैयाँले घटेको हो ।

तिहारअघिको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ थियो । जुन, ९०० रुपैयाँले घट्दै यो साताको शुक्रबारसम्ममा ९३ हजार १०० रूपैयाँ कायम भएको हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ कायम छ ।

तिहारअघि सोमबारसम्म किनबेच भएको सुनको कारोबार आइतबार खुल्दा तोलामा १ हजार रूपैयाँले घटेको थियो । यस्तै, सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार र बुधबार बढेको थियो । जुन, बिहीबार र शुक्रबार घट्दै तोलामा ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । गत तिहारअघिको अन्तिम कारोबार दिनमा तोलामा १२ सय १५ रूपैयाँ रहेको चाँदीको मूल्य हिजो शुक्रबारसम्ममा १० रूपैयाँले बढेको हो । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ कायम छ ।


१९ कात्तिक २०७९, शनिवार १२:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु