देउवाले आज दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । चुनावी प्रचारप्रसारका क्रममा देउवा बिहीबार डडेल्धुरा पुगेका छन् ।
देउवाले बिहीबार अमरगढी, शुक्रबार गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।
देउवाले आज अजयमेरू गाउँपालिकाको भद्रपुर र दिउँसो २ बजे भागेश्वर गाउँपालिकाको रूपालमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले जानकारी दिए ।
उनका अनुसार, देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुडामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । देउवा कात्तिक २० गते काठमाडौं फर्कने र सात वटै प्रदेशमा हुने चुनावीसभामा पुग्ने कार्यक्रम छ ।
१९ कात्तिक २०७९, शनिवार ११:४३ बजे प्रकाशित































