punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा चुनावका बेला मदिरा बिक्री वितरणमा रोक

Chaupati
safha napa

डोटीमा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ। मंसिर ४ गते हुन प्रतिनिधि र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरेर जिल्लामा कात्तिक १९ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए । शुक्रबार सार्वजनिक गरिएको सूचनामा मदिरा ओसारपसार, बिक्री बितरण र सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।

कात्तिक १९ गते राति १२ बजेदेखि पहिलो हुने निर्वाचित प्रणाली बमोजिम अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार, बिक्री बितरण र सेवनमा पूर्णरुपमा निषेध गरिएको छ ।


१९ कात्तिक २०७९, शनिवार १३:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु