punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘आजाद भारत’का पहिलो मतदाता श्याम सरन नेगीको निधन

Chaupati
safha napa

स्वतन्त्र भारत अर्थात् ‘आजाद भारत’का पहिलो मतदाता श्याम सरन नेगीको निधन भएको छ । हिमाचल प्रदेशको किन्नौर निवासी नेगीको आज बिहान १०५ वर्षको उमेरमा निधन भएको हो ।

हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले नेगीको निधनमा दुःख व्यक्त गरेका छन् । उनलाई भारतीय लोकतन्त्रको जिउँदो इतिहास मानिन्थ्यो ।

पेशाले शिक्षक रहेका उनले स्वतन्त्र भारतको पहिलो मतदाताको रुपमा सन् १९५१ को २५ अक्टुबरमा मतदान गरेका थिए । त्यसयताका सबै चुनावमा आफूले मतदान गरेको उनले बीबीसीसँगको एक कुुराकानीमा बताएका थिए ।

 


१९ कात्तिक २०७९, शनिवार ११:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु