डोजरको ठक्करबाट कैलालीमा पैदल यात्रीको मृत्यु
डोजरको ठक्करबाट कैलालीमा पैदल यात्रीको मृत्यु भएको छ । भीमदत्त राजमार्ग अन्तरगत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र०१–००१क२०४५ नम्बरको डोजरले पैदल यात्रीलाई ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका २ मेलखोला घर भएकाका रुपेश विक छन् । जोडर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
१९ कात्तिक २०७९, शनिवार ११:१४ बजे प्रकाशित





























