दाङमा पनि देखियो बाली नाशक सलह किरा
दाङ, असार १५ । दाङमा पनि बाली नाशक सलह किरा देखा परेको छ । तुलसीपुर उप– महानगरपालिका वडा नं ४ का सलह किरा देखा परेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । स्थानीयले सलह भनेर खबर गरेपछि कृषि ज्ञान केन्द्रका प्रमुख सहितको टोली उक्त स्थानमा पुगेको थियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा देखा परेको सलह किरा ठूलो झुण्डमा नरहेको र बालिनालीमा कुनै असर नपु¥याएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिए । शनिबार राति देखिएको सलह किसालाई आइतबार कृषि ज्ञान केन्द्रको टोली स्थलगत रुपमा पुगेर किराको अध्ययन गरेर नार्कमा पठाएको थियो । त्यहाँबाट सलह भएको पुष्टि भएको प्रमुख धितालले बताए ।
उनकाअनुसार जिल्लामा देखिएको सलह कुनै झुण्डबाट छुट्टिएर आएको देखिएको छ । बालीमा पनि कुनै असर पुर्याएको छैन । शुक्रबार नेपाल प्रवेश गरेको बाली नासक सलह किरा दाङमा पहिलो पटक देखापरेको हो । कुनै पनि स्थानमा देखा परेमा तुरुन्त जानकारी गराउन स्थानीय तहमा रहेका कृषि शाखा कार्यालयहरुलाई परिपत्र गरिएको छ ।
१५ असार २०७७, सोमवार ०९:२८ बजे प्रकाशित































