punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतले आज धौलीगंगा बाँध खोल्दै, सतर्क रहन सबैलाई आग्रह

Chaupati
safha napa

बैतडी,असार १५। भारतले उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध आज राती खोल्ने भएको छ। बाँध आज राती १२ बजेदेखि भोली बेलुका पौने ७ बजेसम्म खोलिने एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन धारचुलाले जानकारी दिएको छ।

धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्।

परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खोल्ने गरेको छ। बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने र तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गरेका छन्‌।

महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी आसपास नजान अनुरोध गरिएको छ।


१५ असार २०७७, सोमवार ०८:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु