उम्मेदवार फेरी जनताका घर–घरमा, भएनन् बाँचा पुरा
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि विभिन्न दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरू जनतामाझ गइरहेका छन् । घरदैलोका क्रममा उम्मेदवारहरूले जनताका माझ पुगेर उनीहरू समस्या सुनिरहेका छन् । तर समस्या सुनिरहेको भएपनि आफूसँग गरिने बाँचा पुरा हुदैनकी भन्ने पिरमा जनता छन् । अघिल्लो पटक पनि आफूहरूसँग गरिएका बाँचा प्रतिबद्धता पुरा नभएको जनताको गुनासो छ ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर- १८ तुलसी बारीका श्रीराम चौधरीले आफ्नो टोलमा चुनावका बेला विभिन्न दलका नेता तथा कार्यकर्ता आए पनि तर बाचा भने कहिल्यै पुरा नभएको बत्ताउँछन् । आफ्नो टोल विगतदेखि नै हेपिएको उनी बताउँछन् । ‘धनगढीमै हाम्रो तुलसी बारी गाउँ छ, तर यो गाउँ र वडामा विकास हुन सकेन, हाम्रो गाउँमा अझैँ पनि पानी र बत्तीको पर्याप्त सुविधा छैन,’ उनले भने, ‘हरेक पटक यहाँ बिजुली, पानी र सडक बनाउँछु भनेर नेताहरू आउने गरेको भएपनि अझैसम्म कुनै पनि विकास हुन् सकेको छैन ।’
उम्मेदवारहरुले हरेक चुनावका बेला हामी नै टोल र गाउँको विकास गर्छु भनेर लागे पनि पछि फर्केर नहेर्ने गरेको दुखेसो पोखे ।
उनले अझैसम्म पनि एक घरबाट अर्को घरमा तार तानेरै बिजुली बाल्नुपर्ने अवस्था रहेको बताए । गाउँमा पोल नै नहुँदा टोल भरी बाँसका खम्बाबाट तार तानेर घरमा उज्यालो पु¥याउनुपर्ने अवस्था आएको उनले बताए । टोलमा विकास गर्छु भनेर अहिलेसम्म यहाँका जनतालाई नेताहरुले झुक्याउने काम मात्रै भइरहेको उनी बताउँछन् ।

उनी जस्तै पदम बिकले पनि टोलको विकास हुन नसकेको बताए । ठाउँ अनुसारको बजेट नछुट्याउदाँ समस्या भएको उनको भनाई छ । अहिलेसम्म गाउँमा सिचाईको व्यवस्थासमेत नभएका बिकको भनाई छ । ‘बत्ती बालिएको छ तर पोल छैन अझै पनि बाटोको सुविधा छैन, उनले भने, ‘नक्सामा बाटो भएपनि सडक आउन अझै सकेन ।’ नेताहरुले चुनावका बेला गरेका बाँचा पुरा हुनुपर्ने उनको भनाई छ ।
फूलबारी १८ का उमेश चौधरीले पनि गाउँमा समस्या धेरै भएपनि तर समाधान हुन नसकेको बताए । ‘जति नेता आए पनि आफ्नै सिटका लागि मात्रै लड्ने गरेका छन्,’ चौधरीले भने, ‘भोटका लागि त आउँछन् तर पछि फर्किँदैनन् ।,’ चुनाव आउँदा घर घरमा पुग्ने नेताहरू समस्या पुग्दा उनीहरू सामु जाँदा पनि समस्या नसुन्ने उनीहरुको गुनासो छ ।

हसुलीया घर भएकी गीता भूलले पनि जनताका दुःख अझैसम्म नेताहरुले नबुझेको बताइन् । बाढीले किसानका पुरै धान बाली बगाउँदा पनि राहत नभएको उनको गुनासो छ । ‘वर्ष भरी खान पुग्ने अन्न बाली बाढीले बगाउँदा पनि राहतको नाममा १२ सय मात्रै पायौँ, उनले भनिन्, ‘ त्यो पैसाले बिउ किन्न समेत पुगेन ।,’ एक बिगाहा जमिनको धान बाली बग्दा समेत उचित राहत नपाउँदा किसानलाई समस्या भएको उनले दुखेसो पोखिन । जो सुकै जिते पनि तर जनताका समस्या बुझ्ने हुनुपर्ने उनी बताउछीन ।

उम्मेदवारहरुले अहिले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । जनताका समस्यालाई समाधान गर्छु भन्दै उम्मेदवारहरू अहिले जनताका घरघर पुगीरहेका छन् ।
१५ कात्तिक २०७९, मंगलवार २०:१२ बजे प्रकाशित































