punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

Chaupati
safha napa

दार्चुलामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। जिल्लाको व्याँस गाउँपालिका-६ हुतीका २१ वर्षीय वीरेन्द्र टमाटाको मृत्यु भएको प्रहरीले बताएको हो।

गत शनिबार महाकाली नगरपालिका–५ किम्तडीमा से १ प २०७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित २ जना घाइते भएका थिए। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि टमाटालाई भारतको पिथौरागढ पठाइएकोमा त्यहाँबाट पनि हल्द्वानी लैजाने क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

चालक महाकाली–५ का हिमांशु शाही पनि दुर्घटनामा घाइते भएका र उनी आज जिल्ला अस्पतालबाट डिस्चार्ज भएका प्रहरीले बताएको छ।


१५ कात्तिक २०७९, मंगलवार २०:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु